×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्रोकर नं. ३७ विरूद्ध सेबोन र नेप्सेमा उजुरी !

काठमाडौँ । ब्रोकर कम्पनीबाट एक पछि अर्को घटना बाहिरिरहेका बेला स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा.लि. अर्थात ब्रोकर नं. ३७ विरूद पनि सेबोनमा उजुरी परेको छ । भर्खरै मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ (ब्रोकर नम्बर ११) लाई कारवाही गरेको सेबोनले अब स्वर्णलक्ष्मीको केशमा पनि अनुसन्धान गरी कारवाही गर्नेछ ।
स्वर्णलक्ष्मीमाथि श्रमशोषण आरोप लागेको हो  । रितेश शाक्य, कविता लामा, अन्जना दवाडी, अन्जिता प्रधान र नवीन न्यौपानेले कम्पनीले कर्मचारीहरुमाथि श्रमशोषण गरेको भन्दै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उजुरी दिएका हुन् । उजुरीमा कार्यालय समयमा मानसिक यातना दिने र जागिरबाट निकालिदिने धम्की दिने काम भईरहेको उल्लेख छ । यस्तै धितोपत्र बोर्डको नियमानुसार आफुले कुनै पनि सेवा सुविधा नपाएको उनीहरुको भनाई छ।
कर्मचारीहरुमाथि भएको दुव्र्यहारका विषयमा गत चैत ६ गते बैठक बसेर छलफल गरी समाधान गर्न आग्रह गर्दा पनि सञ्चालकले कुनै चासो नदिएको बताइएको छ । यता स्वर्णलक्ष्मी सेक्युरिटिजले भने कर्मचारीहरुमाथि कुनै श्रमशोषण नभएको दाबी गरिरहेको छ । तर बोर्डमा उजुरी पुगिसकेका हुनाले बोर्डले सो ब्रोकर हाउससँग सो विषयमा सोधपुछ गर्नेछ ।
यता केहि दिन अघि मात्रै मल्ल एण्ड मल्ल बोक्रर अर्थात ब्रोकर नम्बर ११ ले आफ्ना सेयरधनीलाई जानकारीनै नदिई सुटुक्क सेयरधनीको सेयर बेचेको पुष्टी भएपछि बोर्डले कारवाही गरेको छ । ब्रोकरले समयमा पैसा नतिरेको भन्दै नियम विपरित १३ देखि १८ प्रतिशतसम्म ब्याज सेयरधनीबाट लिंदै आइरहेको थियो । बोर्डले सो कम्पनीलाई ७५ हजार जरिवाना गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: