काठमाडौं । युनिलिभर नेपालले लगानीकर्ता संरक्षण कोषमा १ करोड २२ लाख ७२ हजार ६७० रुपैयाँ लाभांश पठाएको छ । कम्पनीले लगानीकर्ताहरुलाई दिएको लाभांश लिन नगएपछि उक्त लाभांश संरक्षण कोषमा पठाएको हो ।
कम्पनीले तीन आर्थिक वर्षमा लगानीकर्ताले लिन नआएको लाभांश कोषमा पठाएको जनाएको छ । कम्पनीले कम्पनी ऐन २०६३ को दफा १८२ र १८३ बमोजिम युनिलिभरले आर्थिक वर्ष २०६९/७०, २०७१/७२ र आव २०७२/७३ को वार्षिक साधारणसभाले पारित गरेको लाभांश कोषमा पठाएको हो ।
लगानीकर्तालाई उक्त लाभांश लिनको लागि पटक पटक सूचना जारी गर्दा समेत नआएको कम्पनीले जनाएको छ । कम्पनीले कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ को दफा ७ को उपदफा ९३० बमोजिम माघ २१ गते लाभांश कोषमा पठाएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्