×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनियन लाइफ इन्स्योरेन्सको “जीवन उत्थान” बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरु

GLOBAL IME BANK

यूनियन लाइफ इन्स्योरेन्सको “जीवन उत्थान” बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरु

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तिन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने योजना सार्वजनिक भएको हो ।

कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका ब्यक्तिहरु देखि अधिक आय भएका ब्यक्तिहरुले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम रु। ५० हजार देखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देखिएको छ । साथै न्युनतम ९ बर्ष देखि अधिकतम १८ बर्ष सम्मको अवधि कायम गरी १६ बर्ष देखि ५० बर्षका ब्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ ।

कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोड सम्म हुने ब्यवस्था रहेको छ । प्रत्येक तिन बर्ष पुरा भएको बीमालेखको बार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने ब्यवस्था रहेको छ । यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरु लिन सक्ने ब्यवस्था रहेको छ ।

बीमालेख लिएको मितिले तिन बर्ष पुरा भए पश्चात समर्पण मुल्य, चुक्ता मुल्य तथा कर्जा सुविधा प्राप्त गर्ने ब्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तिन बर्ष पछि अग्रिम भुक्तानी हुने र सबै बर्गका मानिसहरुको पहुँचमा पु¥याउने उद्देश्यले ल्याईएको बीमा उक्त योजना बीमा गर्नेहरुको हितमा रहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: