काठमाडौँ । पनौतीका लगानीकर्ता यादव सापकोटा । अहिले उनीसँग ‘राम्रो’ पोर्टफोलियो छ । ‘आइपीओ भर्नेले कार चढेर हिंड्छ रे’ भनेको सुनेकै आधारमा सेयर बजारमा प्रवेश गरेका उनीसँग ७० रुपैयाँको सेयर ७०० रुपैयाँसम्म बेचेको अनुभव पनि छ । तर यति हुँदाहुँदै पनि सेयर बजारमा ठुलो घाटा व्यहोरेपछि उनी झन्डै मर्ने मनस्थितिमा पुगेको बताउँछन् । अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘सेयर बजार सुन्दर छ’ मा उनले यस्तै एउटा घटना सुनाएका छन् ।
आफुलाई दिनमा १० लाख बढी घाटा हुन थालेपछि आफु मर्नु न बाँच्नुको स्थितिमा पुगेको बताउने उनले आफ्नो एक दिनमै १० लाख घाटा भएको दिन अर्थ सरोकारमा निर्मल प्रधानले ‘कहिले एकै दिनमा ४० करोड घाटा हुन्छ, कहिले एकै दिनमा ४० करोड नाफा हुन्छ’ भन्ने अभिव्यक्ति दिएकै कारण आफु अहिले बाँचेको सुनाएका छन् । ‘सायद त्यो दिन अर्थ सरोकारमा निर्मल प्रधानको सो अन्तर्वार्ता नआएको भए म बाँच्दिनथिएँ होला। ‘ कार्यक्रममा उनले भनेका छन् । पनौती आसपासमा भेट्रान लगानीकर्ताका रुपमा परिचित उनै सापकोटासँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले सेयर बजारका विभिन्न विषयमा कुराकानी गरेका छन् । सोहि कुराकानीमा आधारित कार्यक्रममा उनले आफ्नो सेयर बजारको यात्राका बारेमा विस्तृतमा बोलेका छन् ।
अध्ययन नगरे कुनै पनि बेला फसिने बताउने सापकोटाले सो कार्यक्रममा बजार यात्राका आफ्ना अनेक अनुभवहरु सुनाएका छन् । निर्मल प्रधान लगायतकाको अन्तर्वार्ताले आफुलाई नयाँ जोश बाँडेको बताउने उनले सेयर बजारबाट नै आफुले आफ्नो जिन्दगी परिवर्तन गरेको उनको भनाई छ । सुरुवाती पेशा फोटोग्राफी रहेका उनी अहिले फुलटाइम बजारमा छन् । हेर्नुहोस् उनै सापकोटाको बजार यात्राका बारेमा अर्तः सरोकारले तयार गरेको कार्यक्रम ‘सेयर बजार सुन्दर छ’ को सो भाग :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्