×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारको बजार अपडेट : यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

आइतबारको बजार अपडेट : यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारको दिन आइतबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३३ कम्पनीको ३४ लाख ०७ हजार २७२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्लोबल आइएमइ बैंक डिबेन्चर २०८६/८७, हिमालयन डिस्टिलरी, नबिल बैंक, शिभम् सिमेन्ट, निफ्रा, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक र नेपाल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हिमालयको सेयरमा यस्तो गिरावट आउँदा इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सामलिङ पावर कम्पनी र नयाँ सारथी लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा पनि नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जाल्पा सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त र एनआइसी एशिया ब्यालेन्स्ड फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: