×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आइतबार, २१% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गरिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आइतबार, २१% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गरिने

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २७ गते (आइतबार) हुने भएको छ । सभा बनेपा पार्टी भेन्यु, काभ्रपलाञ्चोकमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले सभामा गत वर्षको नाफाबाट २१% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
साथै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभाका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । १६ चैतसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी