×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था पनि कम्जोर ! (वित्तीय विवरणसहित)

LAXMI SUNRISE BANK

आरम्भ चौतारी लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था पनि कम्जोर ! (वित्तीय विवरणसहित)

१२ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। आरम्भ चौतारी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यस त्रैमासमा खुद  नाफा   ३७.१९ प्रतिशतले घटेर ४ करोड ९२ लाख २ हजार रुपैयाँ पुगेको छ। गत वर्ष भने कम्पनीले ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घटेकाले र खराब कर्जा बढेकाले यसको खुद नाफा प्रभावित भएको छ  ।

यता कम्पनीको सञ्चालन नाफा ४२.०७ प्रतिशतले घटेर ६ करोड ९८ लाख ५१ हजार रुपैयाँमा पुगेको छ। गत वर्ष भने कम्पनीले १२ करोड ५ लाख ७८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । खराब कर्जा १.०७ प्रतिशतले बढेर ४.७२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा ३.४४ प्रतिशत थियो । यता खुद ब्याज आम्दानी भने ३२.३८ प्रतिशतले बढेर २६ करोड ८८ लाख १९ हजार रुपैयाँ पुगेको छ ।  प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५५ पैसाले घटेर १७ रुपैयाँ ८७ पैसामा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५५ पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी