×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारसँग ६/७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ’ : अर्थमन्त्री शर्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सरकारसँग ६/७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ’ : अर्थमन्त्री शर्मा

Artha Sarokar

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति ६/७ महिनाको आयात धान्न पुग्ने रहेको जानकारी दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले ११ खर्ब ७१ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेकाले ६.७ महिनाको आयात धन्न पुग्ने उनको भनाई छ ।
अर्थमन्त्री शर्माले हाल आयात कम गर्नका लागि मन्त्रालयमा छलफलसमेत भइरहेको बताएका छन् । विदेशी मुद्राको सञ्चिति सामान्य अवस्थामा रहेको भन्दै सबै परिसूचक सामान्य अवस्थामा रहेको बताउँदै उनले फागुन महिनामा मात्रै ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी