काठमाडौं । नेपाल टेलिकमको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा सम्पन्न भएको हो । सभाले ४०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले २०% बोनस सेयर र २०% नगद लाभांश (करसमेत) गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस्तै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । सोही कारण गत चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्