×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्साइडर ट्रेडिङ र ३ करोड ‘घुस काण्ड’मा नाम मुछिएका कुमार बहादुर खत्री फेरि बन्ने भए अजोड इन्स्योरेन्सको सीइओ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

इन्साइडर ट्रेडिङ र ३ करोड ‘घुस काण्ड’मा नाम मुछिएका कुमार बहादुर खत्री फेरि बन्ने भए अजोड इन्स्योरेन्सको सीइओ !

काठमाडौं । कम्पनीको भित्री सूचना चुहाएर इन्साइडर ट्रेडिङ गरेको आरोप लागेका  अजोड इन्स्योरेन्स कम्पनीका सीइओले पुन: सोहि कम्पनीको कमाण्ड सम्हाल्ने भएका छन् । करिब १ बर्ष अगाडी कम्पनीको गोप्य सूचना चुहावट गरी संचालकले भित्री कारोबार गरेको भन्दै धितोपत्र बोर्ड, सीआइबी लगायतमा उजुरी परेको थियो । सो प्रकरणमा कम्पनीका सीइओ कुमार बहादुर खत्रीको पनि संलग्नता भएको आरोप लागेको थियो । तर सो प्रकरणमा नाम मुछिएका र सो प्रकरणमा अहिले के भयो भन्ने तथ्य नै धितोपत्र बोर्डले लुकाएको अवस्थामा उनै खत्री कम्पनीको सीइओमा दोहोरिने भएका छन्।

अहिले अजोड इन्स्योरेन्सको यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत विचाराधीन छ । अख्तियारमा परेको उजुरीमा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले ३ करोड खाएर यो केसमा अजोडलाई क्लिन चीट दिएको उल्लेख छ । सो विषयमा अनुसन्धान के भयो भन्ने तथ्य बाहिर आइसकेको छैन भने धितोपत्र बोर्डमा पनि यो प्रकरणबारे अनुसन्धान गर्न बनेको समितिले के प्रतिवेदन बनायो भन्ने तथ्य पनि बोर्डले लुकाएर राखेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीष्म ढुंगानाले घुस लिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान जारी राखेको र धितोपत्र बोर्डले अजोडको फाईल लुकाएर रकहेको स्थितिमा उनै संचालकलाई सघाएको आरोप लागेका खत्रीलाई सोहि संचालक समितिले सीइओमा दोहोर्याउने निर्णय गरेको छ । यसले कतै मिलेमतोमा कम्पनीभित्र ठुलै चलखेल त हुने गरेको छैन ? भन्ने चौतर्फी आशंकालाई थप पुष्टी गरेको छ ।

कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले खत्रीलाई अर्काे चार वर्षका लागि पुनः सिईओ बनाउने निर्णय गरेको हो । बीमा समितिको स्वीकृति प्राप्त भएमा खत्रीले आगामी चार वर्ष अजोड इन्स्योरेन्स कम्पनीको सिईओ सम्हाल्नेछन् ।
अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै सेयर मूल्यमा १० प्रतिशतको उच्च वृद्धि भएपछि धितोपत्र बोर्डले अध्ययन गर्नका लागि एक उपसमिति बनाएको थियो । सूचना सार्वजनिक गर्नुअघि नै भित्री कारोबार अर्थात इन्साइडर ट्रेडिङ भएको आशंका गरिएको भएपनि सो अध्ययन समितिले के निष्कर्ष निकाल्यो भन्ने तथ्य बाहिर आएको छैन ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: