×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो अपि पावरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर, लगानीकर्ताले वैशाख १५ गतेसम्म आवेदन दिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खुल्यो अपि पावरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर, लगानीकर्ताले वैशाख १५ गतेसम्म आवेदन दिन सक्ने

Artha Sarokar

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अपि पावर कम्पनीले आज शुक्रबारदेखि हकप्रद सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १०० रुपैयाँ दरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । चैत १३ गते आइतबारसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद सेयर खरिद गर्न सक्नेछन् । कम्पनीले सेयर बिक्रीका लागि चैत १४ गते सोमबारबाट बुक क्लोज गर्ने भएको छ ।
कम्पनीको उक्त हकप्रद सेयरमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीको बिक्री प्रबन्धकको काम भने मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । अपि पावरको हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी