×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर कहिलेसम्म भर्न पाईन्छ ?

PRIME CA
GLOBAL IME BANK

अपि पावर कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर कहिलेसम्म भर्न पाईन्छ ?

५ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अपि पावर कम्पनीको चैत २५ गतेबाट हकप्रद सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । अपिको १ः०.३९३६ अनुपातमा हकप्रद सेयर बिक्रीमा आएको हो । जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर खुला गरिएको हो । अपिले हकप्रद सेयर बिक्रीका लागि चैत १४ गते बुक क्लोज गरिसकेको छ । तर्सथ चैत १३ गतेसम्म कायम रहेका सेयरधनीले यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनीको ट्रेड टावर थापाथलीबाट यसमा आवेदन दिन सकिनेछ । यसैगरी मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट पनि आवेदन दिन मिल्नेछ ।

साथै मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । अपि पावरको हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: