×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वैशाख २२ गतेदेखि अपर सोलु हाइड्रोको ३ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा आउँदै, यी ठाउँबाट भर्न सकिने

काठमाडौं । अपर सोलु हाइड्रोले आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ बिक्रीमा ल्याउने भएको हो । कम्पनीले स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई आइपीओ जारी गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने भएका छन् । निष्कासन गरेको सबै सेयर बिक्री नभएको खण्डमा भने बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । स्थानियले छिटोमा जेठ ५ गतेसम्म र ढीलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्ने भएको छन् ।

स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्र नेपालले अपर सोलु हाइड्रोको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: