×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र गम्भीर अवस्थामा पुगेपछि अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थतन्त्र गम्भीर अवस्थामा पुगेपछि अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल

Artha Sarokar

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकरहरुलाई अत्यावश्यक बाहेकका वस्तु आयातका लागि एलसी खोल्न बन्द गर्न निर्देशन दिएपछि अर्थमन्त्री जनार्दन शर्माले उच्चस्तरीय छलफल गरेका छन् । अर्थतन्त्रमा गम्भीर समस्या देखिएपछि मंगलबार अर्थ मन्त्रालयमा उनले प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् ।
सो छलफलमा अर्थ मन्त्रालयका सचिवहरु मधु मरासिनी तथा राजस्व सचिव कृष्णहरि पुस्करको पनि सहभागिता रहेको थियो । यस्तै वाणिज्य मन्त्रालयका सचिव गणेश पाण्डे थिए । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभाग कमल भट्टराई सहभागी थिए ।
राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको थियो । मंगलबार अर्थमन्त्रीसँगको उच्च स्तरिय छलफलमा अर्थतन्त्रमा अहिले समस्या देखिएपनि खराब नभएको निष्कर्ष निकालेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी