×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाइफ इन्स्योरेन्सको पथरी शाखाद्धारा १७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एशियन लाइफ इन्स्योरेन्सको पथरी शाखाद्धारा १७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

Artha Sarokar

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरि शाखा कार्यालयले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । इन्स्योरेन्सले पथरि सनिश्चरे–७ मोरङ्गमा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको घरमा गई १७ लाख ५८ हजार ७८९ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।
एशियन लाइफको पथरी कार्यालयको घरधनी बीमित लिम्बुले २०७५ साल कात्तिक ३० गते १५ लाख रुपैयाँको बीमा गराएकी थिइन् । उनले २० वर्षे सो कम्पनीमा सजिबनि बीमा योजना लिएकोमा २०७८ साल माघ २८ गते उनको हृदयघातका कारण मृत्यु भएको थियो ।
कम्पनीले १५ लाख रुपैयाँ बीमा वापतको रकम र बोनस वापतको २ लाख ५८ हजार ७८९ रुपैयाँ गरी १७ लाख ५८ हजार रुपैयाँ बराबरको चेक बीमित लिम्बुकी छोरी नबिना सुब्बा लिम्बुलाई हस्तान्तरण गरेको हो । उक्त बीमा दाबी भुक्तानी कार्यक्रममा प.स. वडा नं.७ का वडाध्यक्ष कपिलमणी ढकाल, बिजनेस म्यानेजर अभिकर्ता, क्लबमेम्बर, स्थानीय छरछिमेक र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी