×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओमा कहिलेसम्म पाईन्छ आवेदन दिन ?

PRIME CA

बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओमा कहिलेसम्म पाईन्छ आवेदन दिन ?

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने भोलि सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको आईपिओमा भोलि कार्यालय समयसम्म भर्न पाइने भएको हो । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ जारी गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरमा सो सेयर बिक्रीमा ल्याएको हो । ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: