×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँड, १ लाख ६६ हजार आवेदकले पाए सेयर ? यी चार स्थानबाट हेर्नुहोस् रिजल्ट

काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड भएको छ । १ लाख ६६ हजार ३४५ जनाले कम्पनीको सेयर पाएका छन् । १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।
२१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएकोमा ३ हजार ६४० जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६८ हजार १०० जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । यो आइपीओमा भाग भन्दा १४.६७ गुणा बढी आवेदन परेको थियो ।
बलेफी हाइड्रोपावरले चैत १६ गतेबाट २१ गतेसम्म सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, बलेफी हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: