×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुबाट निक्षेप आउन छोड्यो ! कर्जा लगानी पनि ठप्प, ९ दिनमै २२ अर्ब निक्षेप बाहिरियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकहरुबाट निक्षेप आउन छोड्यो ! कर्जा लगानी पनि ठप्प, ९ दिनमै २२ अर्ब निक्षेप बाहिरियो

Artha Sarokar

१३ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय बैंकहरुबाट निक्षेप आउन छाडेको छ । चालु आर्थिक वर्षको वैशाख महिनाको पहिलो नौ दिनमै वाणिज्य बैंकहरुबाट २२ अर्ब निक्षेप बाहिरिएको छ । यससँगै कर्जा लगानी पनि ठप्प प्राय बनेको छ । यस अवधिमा बैंकहरुको कर्जा समेत ४ अर्बले घटेको छ ।

वैशाख १ र २ गते गरी दुई दिनमा वाणिज्य बैंकहरुबाट १२ अर्ब निक्षेप बाहिरिएको थियो भने कर्जा प्रवाह २ अर्बले घटेको थियो । यस्तै वैशाख २ देखि ९ गतेसम्ममा वाणिज्य बैंकहरुबाट १० अर्ब निक्षेप बाहिरिएको छ । यस अवधिमा कर्जा प्रवाह २ अर्बले घटेको छ ।

बैंकर्स संघका अनुसार वैशाख ९ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ६७ अर्ब निक्षेप संकलन गरेको छ । साथै ४१ खर्ब ९४ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी