Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूले ल्यायो दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट योजना, प्रिपेमेन्ट गर्दा १५% छुट पाईने

अर्थ सरोकार

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ।

नेपालीको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्डबाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रिपे मेन्ट गर्दा १५५ सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् । बैंकका कार्डबाहकले यस योजनाबाट आफूलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम रु। १ हजार ५०० र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम १ हजारसम्म छुट पाउनेछन्।

यसका साथै कार्डबाहकले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट पाउनेछन्। यस नयाँ वर्षको योजनामा बैंकको कार्डबाहकहरुले कार्डका माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK