×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूको खुद नाफा २५.५३ प्रतिशतले घट्यो,प्रतिसेयर नेटवर्थ कती ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमान्डूको खुद नाफा २५.५३ प्रतिशतले घट्यो,प्रतिसेयर नेटवर्थ कती ?

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं :  बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमाससम्म २५.५३ प्रतिशतले खुद नाफा घटेर ८७ करोड ७ लाख ८१ हजार रुपैयाँमा पुर्याएको छ। अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब १६ करोड ९३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घट्दा नाफा प्रभावित भएको हो ।

चैत मसान्तसम्म आइपुग्दा बैंकको सञ्चालन नाफा ३१.२९ प्रतिशतले  घटेर १ अर्ब १५ करोड ६ लाख ३४ हजार रुपैयाँमा पुगेको छ । यता, खुद ब्याज आम्दानी भने १८.७४ प्रतिशतले बढेर २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४८ पैसा छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी