काठमाडौं : बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमाससम्म २५.५३ प्रतिशतले खुद नाफा घटेर ८७ करोड ७ लाख ८१ हजार रुपैयाँमा पुर्याएको छ। अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब १६ करोड ९३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घट्दा नाफा प्रभावित भएको हो ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको सञ्चालन नाफा ३१.२९ प्रतिशतले घटेर १ अर्ब १५ करोड ६ लाख ३४ हजार रुपैयाँमा पुगेको छ । यता, खुद ब्याज आम्दानी भने १८.७४ प्रतिशतले बढेर २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४८ पैसा छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्