×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने, अझै पनि २० प्रतिशत जनसख्या वित्तीय पँहुचभन्दा बाहिर(भिडियो)

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सि नाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने बताउनु भएको छ । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताउनु भएको हो । उहाँले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताउनु भयो । तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गर्नु भयो । उहाँले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताउनु भयो । नेपालको गरिवीनिवारण तथा वित्तीय पँहुच भन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसख्याको १८ प्रतिशत हिसा अझै पनि गरिवीको रेखा मुनी रहेको छ । अझै पनि २० प्रतिशत जनसख्याको हिसा औपचारिक वित्तीय पँहुच भन्दा बाहिर रहेको स्थितिमा लघुवित वित्तीय संस्थाहरुले गरिवी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ । लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मद्दत गदै आएको छ । लघुवितले वित्तीय पँहुचबाट बन्चित भएका समुदायलाई वित्तीय पँहुच पुर्याएर स्वरोजगार बनाएको छ । अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित संस्थाहरुमा पनि तरलताको चाप परेको छ । ब्याजदरको समेत समस्या रहेको छ । अहिले लुघुवितले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको छ । सधैभरी सहज परिस्थिती हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।’

का.मु गभर्नर ढुङगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसख्याको १८ प्रतिशत हिसा गरिवीको रेखा मुनी रहेको बताउनु भयो । उहाँले लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: