×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आठ महिनामा साढे आठ प्रतिशतले बढ्यो बीमाको पहुँच

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आठ महिनामा साढे आठ प्रतिशतले बढ्यो बीमाको पहुँच

Artha Sarokar

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बीमा समितिले ३५.४४ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको जनाएको छ । समितिले चालु आर्थिक वर्षको आठ महिनामा बीमाको दायरा साढे आठ प्रतिशत भन्दा धरैले बढेर ३५.४४ प्रतिशत पुगेको जनाएको हो । जुन चालु आर्थिक वर्षको साउनमा बीमाको दायरा  २६.८९ प्रतिशत रहेको थियो ।
बैदेशिक रोजगार (म्यादी बीमा) सहित बीमाको पहुँच ३५.४४ प्रतिशत पुगेको समितिको तथ्यांकमा उल्लेख छ । बैदेशिक रोजगार बाहेक पनि बीमाको दायरा ७.६२ प्रतिशतले बढेर ३२.६१ प्रतिशत पुगेको छ । गत साउनमा बैदेशिक रोजगार बाहेक बीमाको दायरा २४.९९ प्रतिशत रहेको थियो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यस आर्थिक वर्ष भित्रै बीमा पहुँच एक तिहाई जनसंख्यामा पुर्याउने घोषणा गरेको थियो । सरकारको लक्ष्य अनुसार बीमाको दायरा भने चालु आर्थिक वर्षको ६ महिनामै पुरा भएको थियो । सरकारले चालु आर्थिक वर्ष भित्र पुर्याउने लक्ष्य भन्दा बीमाको दायरा २.११ प्रतिशतले बढी हो ।
बजेट सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षभित्र ३३.३३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो । सोसंगै समितिले सरकारको लक्ष्य अनुसार दायरा विस्तार गर्न प्रदेश तथा स्थानीय सरकारसँग छलफल तथा अन्तकृया कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी