×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘समयमै बीमा दाबी भुक्तानी गरेर बीमा बजारमा विश्वसनीयता बढाउनुहोस्’ : अध्यक्ष सिलवाल

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई समयमै बीमा दाबी भुक्तानी गर्न निर्देशन दिएका छन् । बिहिबार बीमा समितिले आयोजना गरेको निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि समयमै बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष सिलवालले बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भएर बीमा कम्पनीबाट पनि समयमानै बीमा दाबी भुक्तानी भएमा बीमा बजारमा विश्वाससँगै बीमाको दायरासमेत बढ्ने बताए । पीडितले समयमानै बीमा दाबी रकम पाउने गरी कमी कमजोरीलाई सुधारेर अगाडि बढ्न अध्यक्ष सिलवालले बीमा कम्पनीलाई आग्रह गरे ।
अध्यक्ष सिलवालले देशका हरेक नागरिकले बीमाबाट प्रतिफल पाउन र बीमा जोखिमको बेलाको साथी बनोस् भनेर बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन लागेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: