×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन, के भन्छन् व्यापारी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन, के भन्छन् व्यापारी ?

Artha Sarokar

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन भइरहेको छ । चैत्र २३ देखि २७ गतेसम्म सञ्चालन हुने स्टक स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शनमा विशेष छुटसहित अफरको व्यवस्था रहेको छ । कोरोनाका कारण बिक्री नभएका र बाँकी रहेका पुराना सामान र नयाँ सामानहरु मेलामा राखिएको छ । मेलामा नेपाल, चीन, भारत, थाइल्याण्ड, बंगलादेश र पाकिस्तानका उत्पादित वस्तुहरु राखिएको छ । मेलामा व्यापारीहरुले बिक्री नभएका सामानहरु सहुलियतमा बेच्ने र ग्राहकहरुले सहुलियत दरमा किन्न पाइने बताउनुहुन्छ मेला व्यवस्थापक अनिल श्रेष्ठ ।
उहाँले मेलामा बिक्री नभएका सामानहरु र नयाँ उत्पादित सामानहरु रहेको र विशेष छुटमा बिक्री भइरहेको जानकारी दिनुभयो । मेलामा न्युनतम १० देखि ८० प्रतिशत छुटमा सामानहरुको बिक्री भइरहेको पनि उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसमा नयाँ उत्पादन पनि हुन्छ र धेरैजसो स्टकका सामानहरु हुन्छन् । यो सामानलाई व्यापारीहरुले बेच्ने र ग्राहकहरुले सस्तोमा लिने मेला हो । मेलामा हरेक सामानको हेरेर १० देखि ८० प्रतिशतसम्म छुट पाइन्छ । यमा विभिन्न देश थाइल्याण्ड, चनि, भारत, पाकिस्तान, नेपाली उत्पादनहरु रहेका छन् ।’
त्यस्तै मेलामा रहेका व्यापारी अनिशा लिम्बूले ग्राहकहरुलाई विशेष छुट दिएर कोरोनाकालमा बिक्री हुन नसकेका सामानहरु बेचिरहेको र मेलामा आउनेको संख्या उल्लेख्य रहेको बताउनु भयो । उहाँले मेलामा चीन र भारत, नेपालका गमलाहरु मेलामा राख्नुभएको छ ।
त्यस्तै अर्की व्यापारी रजनी महर्जन कोरानाका कारण दुई वर्षदेखि व्यापारहरु बन्द भएपनि अब बिस्तारै बजार सञ्चालन भएकोमा खुशी लागेको बताउनु भयो । उहाँले मेलाले व्यापारी र ग्राहकको सम्बन्धलाई जोड्ने काम गरेको बताउँदै आफ्नो स्टलमा रहेका सामानहरु ५० प्रतिशत छुटमा दिएको बताउनु भयो ।
त्यस्तै व्यापारी राममाया गुरुङले अहिले मेलामा भीर महको व्यापार गरिहनु भएको छ । उहाँले भीर मह म्याग्दीबाट आफैँले बनाउने गरेको र अग्र्यानिक भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भीरमह हाम्रो म्याग्दीबाट जम्मा गरेर बेच्ने गरेका छौँ । पोखरामा पनि बेच्ने गरेका छौँ ।’ चैत्र २३ गतेबाट शुरु भएको मेला २७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा पुराना सामग्रीहरु सस्तो र सुलभ दरमा विशेष छुटसहति ग्राहकहरुलाई बिक्री गरिएको आयोजकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी