×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अहिलेको सरकार अर्थतन्त्रप्रति गैरजिम्मेवार बन्यो, हामीले सरकार छाड्दा अर्थतन्त्रको अवस्था राम्रो थियो’ : विष्णु पौडेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘अहिलेको सरकार अर्थतन्त्रप्रति गैरजिम्मेवार बन्यो, हामीले सरकार छाड्दा अर्थतन्त्रको अवस्था राम्रो थियो’ : विष्णु पौडेल

Artha Sarokar

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमाले नेतृत्वको सरकार सुदृढ अर्थव्यवस्था छाडेर बाहिरिएको बताएका छन् । आइतबार एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो पालामा कोभिड महामारीको बेलासमेत अर्थतन्त्र राम्रो अवस्थामा रहेको बताउँदै अहिले गठबन्धन सरकारले लिएको नीतिले देशको अर्थतन्त्र खराब बन्दै गएको बताएका हुन् ।
उनले भने ‘केपी ओली सरकारले स्वस्थ्य र सुदृढ अर्थव्यवस्था छाडेर गएको थियो तर अहिलेको सरकारले गलत नीति  लिंदा अर्थतन्त्र जोखिमको बाटोबाट गुज्रेको छ’ अहिलेको सरकार आएपछि अर्थतन्त्रका सूचकांकहरुमा निरन्तर गिरावट आइरहेको बताउँदै उनले केपी ओली नेतृत्वको सरकारले अर्थतन्त्रलाई बचाइराखेको दाबी गरेका छन् । ‘अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन पूर्ववर्ती सरकारले सही नीति लिएको थियो’ उनले भने ‘वर्तमान सरकारको गलत नीतिका कारण अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा आएको छ ।’
साथै उनले नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायलाई वर्तमान सरकारले मन्त्रालयको महाशाखा प्रमुख जसरी हस्तक्षेप गरेको आरोप लगाए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी