×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समयमा काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

समयमा काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने

Artha Sarokar

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । ठेक्का लिएर निर्माणको काम अलपत्र पार्ने ६ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । विभिन्न सरकारी निकायको सिफारिसमा आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको सिफारिसमा टीबीईए इनर्जी प्रालि, कन्सोर्टियम र पीपी इन्डस्ट्रिज प्रालिलाई कालोसूचीमा राखेको हो । यी कम्पनीहरुलाई ३ वर्षका लागि कालोसूचीमा राख्ने भएको छ । यता सडक डिभिजन दमौलीको सिफारिसमा चिराग कन्स्ट्रक्सन, संघीय आयोजना कार्यान्वयन एकाइ धनुषाको सिफारिसमा कर्णाली विल्डर्स, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई कालोसूचीमा राखेको छ ।

यसैगरी जलस्रोत तथा सिंचाइ विभाग र समृद्ध तराई मधेस सिंचाइ विशेष कार्यक्रम जावलाखेलको सिफारिसमा फैजल एण्ड अफजल कन्स्ट्रक्सन, नौकुण्ड गाउँपालिका र सुवाको सिफारिसमा कुशलदेव निर्माण सेवा र तितुङ कन्स्ट्रक्सन प्रालि लगायतका   कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।   यी कम्पनीहरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी