×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय, चैत २० गतेदेखि नयाँ भाडादर लागू हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय, चैत २० गतेदेखि नयाँ भाडादर लागू हुने

Artha Sarokar

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ । मन्त्रालयले व्यवसायीको मागलाई सम्बोधन गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा १० प्रतिशत देखि १५ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो ।

बिहीबार यातायातमन्त्री यादवले भाडा समायोजन गर्ने निर्णय गरेकी हुन् । चैत २० गते आइतबारदेखि नयाँ भाडादर लागू हुने भएको छ ।

पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिका कारण व्यवसायीहरुले पटक-पटक भाडा वृद्धि गर्न सरकारलाई दबाब दिँदै आएका थिए ।

सोही दबाबपछि सरकारले भाडा समायोजन गरेको हो । यता सार्वजनिक यातायातको भाडा वृद्धि हुँदा भने सर्वसाधारण यात्रुहरु मारमा परेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी