×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख इकाई ऋणपत्र जारी गर्ने भएको हो । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।

उक्त ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पनि पाएको छ । जसमध्ये ८ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

बाँकी १३ लाख २० हजार कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । उक्त ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने भएको छ । ऋणपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: