काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् । तुलसीराम गौतमले सीइओ पदबाट राजीनामा दिएसँगै बैंकका नयाँ सीइओमा न्यौपाने नियुक्त भएका हुन् ।
यसअघि भने न्यौपानेलाई कामू सीइओको जिम्मेवारी दिइएको थियो ।
गौतमले असारको तेस्रो साता सीइओ पदबाट राजीनामा दिएका थिए । सीइओ गौतमले व्यक्तिगत कारण देखाई बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै असार २० गते राजीनामा दिएका हुन् ।