×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंकले २ लाख ६६ हजार ९९९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्रीमा ल्याएका हुन् ।
सिटिजन्सकै संस्थापक सेयरधनीले बैंकको सो सेयरमा न्युनतम १६० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बुधबारदेखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी