Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी करुण सिंह ठकुरी मल्लले आफ्नो नाममा रहेको ७ हजार ३९४।२१ कित्ता सेयर बिक्री खुला गरेकी हुन् । यसमा बैंककै संस्थापक सेयरधनीले न्यूतम १४५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले वैशाख ६ गते देखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK