काठमाडौं । सिभिल बैंकले अद्वितीय नेपाल शिर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । कोरेना महामारीको कारण करीव धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ साथै सोही महामारीको कारण मानिसहरु लामो समय देखि घुम्नबाट बन्चित भएको र नयाँ नयाँ भ्रमण गन्तव्यहरुको खोजीमा हुन्छन् ।
त्यसैले उक्त क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरु फोक्सुण्डो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँच पोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन् ।
नेपालको अतुलनीय प्राकृतिक सुन्दरता कै कारण देश बिदेशबाट लोकप्रिय भ्रमण गन्तब्यको रुपमा नेपाल चिरपरिचित छ अनि यस क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तब्यमा मात्रै आफ्नो भ्रमणलाई सिमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुका बारेमा जानकारी दिनेछ भन्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्