×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता, ‘सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र’ नेप्सेमा सुचिकृत गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिभिल बैंक र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता, ‘सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र’ नेप्सेमा सुचिकृत गरिने

Artha Sarokar

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सम्झौता भएको छ । बैंक र नेप्सेबीच बैंकको १०.२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्बन्धि सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् ।

उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केटमार्फत बिक्रि खुल्ला गरिएको थियो । उक्त डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेन्जमा कारोबार गर्न सकिने भएको छ । यस्तै डिबेन्चरको आर.ति.यस.सम्वन्धी सेवा सिभिल क्यापिटल मार्केट मार्फत गरिने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी