×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले गर्यो कमालको प्रगति, खुद नाफामा ७९.९१ प्रतिशतको छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकले गर्यो कमालको प्रगति, खुद नाफामा ७९.९१ प्रतिशतको छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : सिभिल बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमाससम्म ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको भन्दा ७९.९१ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यता बैंकको सञ्चालन नाफा  ९१.४५ प्रतिशतलेले बढेको छ  र खुद ब्याज आम्दानी  ५९.३९ प्रतिशतले वृद्धि भएको छ। यसले गर्दा बैंकको नाफा बढ्न सहयोग पुगेको छ ।

यो त्रैमाससम्म बैंकले निक्षेप संकलन २.३३ प्रतिशतले र कर्जा लगानी ६.२०५ प्रतिशतले बढाउन सफल भएको छ । बैंकको वितरणयोग्य नाफा पनि ३८.६९ प्रतिशतले बढेको छ । यसको खराब कर्जा ०.९९ प्रतिशत रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसाले बढेर १३ रुपैयाँ २८ पैसा रहेको छ र  प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी