Skip to content
LAXMI SUNRISE BANK

सिभिल क्यापिटल मार्केट मा धमाका, निशुल्क डिम्याट खाता संचालन सेवा

अर्थ सरोकार

काठमाडौं। सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिस्ट्रेशन , पहिलो वर्षको नविकण शुल्कमा लाग्ने रु.१५०.०० निःशुल्क (Free) गरिएको र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क रु.५०.०० भने कम्पनीले लिने डिपि विभाग प्रमुख  मणीराज काफ्लेले बताए । त्यसै गरी PMS/Corporate Advisory सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिक  झनकराज ढुंगेलेले बताए । PMS/Corporate Advisory सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन -IPO, निक्षेप सदस्य (DP), लगानी व्यवस्थापको कार्य (PMS), शेयर प्रत्याभुति ( Underwriting ) र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म IPO – ३० वटा, RTS – ३५ वटा, Right Share – ३२ वटा, Share Auction – २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष (Mutual fund) शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लि.को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु हुनेछ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत संचालन गरिरहेको छ । साथै , आगामी  दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दुर्त गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि गइरहेको प्रमुख कार्यकारी अधिकृतले बताए।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK