×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोका–कोला नेपालले युथ स्पिक फोरमसँगको सहकार्यमा ‘वाइएसएफ’ २०२२ आयोजना गर्दै

LAXMI SUNRISE BANK

कोका–कोला नेपालले युथ स्पिक फोरमसँगको सहकार्यमा ‘वाइएसएफ’ २०२२ आयोजना गर्दै

१३ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्दैछ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो र त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस वर्ष वाइएसएफको मुख्य विषय युवा विकास र उनीहरुको चासोलाई सम्बोधन गर्नु रहेको छ ।

कोका–कोला नेपालले विगत ५ वर्षदेखि युवा सशक्तिकरण र दिगो भविष्यको उद्देश्य सहित आइसेकसँग साझेदारी गर्दै आएको छ । वाइएसएफ इंगेज विथ आइसेक अन्तर्गतको एउटा कार्यक्रम हो जसको मुख्य उद्धेश्य युवा सशक्तिकरण रहेको छ । यस कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेताहरुलाई विश्वव्यापी मुद्धाहरुको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । सशक्तिकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निस्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यस मार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नको निम्ति योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिन्छ । अहिलेको पुस्ता अनियन्त्रित फोहोर व्यवस्थापनको असरले प्रत्यक्ष प्रभाव पारेको पहिलो पुस्ता हो र यसबारेमा केही गर्न सक्ने पनि अन्तिम पुस्ता हो । यस वर्षको युथ स्पिक फोरमको विषय “स्वच्छ भोलिको लागि दिगो फोहोर व्यवस्थापन” रहेको छ ।

वाइएसएफको तीनै चरणका कार्यक्रमहरु संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवम् दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यहरुमा केन्द्रित हुनेछन् । कोका–कोलाको “संसारलाई रिफ्रेस गर्ने र हरेक किसिमबाट सकरात्मक परिवर्तन गर्ने”उद्धेश्य र आइसेकको “मानवीय क्षमताको पूर्णसदुपयोग र शान्ति”उद्धेश्यसहित यसपालिको योथ स्पिक फोरम सञ्चालन हुँदैछ जसले यिनीहरु दुवैलाई आफ्नो उद्धेश्यको एक कदम नजिक ल्याएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी