×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीवाईसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ बाँडफाँट, ८ भाग्यमानी आवेदकले पाए ११ कित्ता सेयर!

PRIME CA
GLOBAL IME BANK

सीवाईसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ बाँडफाँट, ८ भाग्यमानी आवेदकले पाए ११ कित्ता सेयर!

१५ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट भएको छ । कम्पनीको उक्त आइपीओ बिहिबार बिहान आयोजित एक कार्यक्रमकाबीच बाँडफाँट गरिएको हो । कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ बिक्री गरेको थियो । जसमा १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको उक्त आइपीओमा २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएका थिए । जसमा ३ हजार २७२ जनाको आवेदन रद्द भएको छ । यस आधारमा गोलाप्रथामार्फत कुल ३६ हजार ९४८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्ने भएका छन् । साथै सीवाईसी नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउर बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: