×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

११ लाख ६७ हजार ५१८ जनाले भरे सीवाईसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओमा ११ लाख ६७ हजार ५१८ जनाले आवेदन दिएका छन् । सीडीएसका अनुसार ११ लाख ६७ हजार ५१८ जनाले १ करोड ३४ लाख १९ हजार ८७० कित्ताका लागि १ अर्ब ३४ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन माग भन्दा ३६.३२ गुणा बढी आवेदन हो ।

कम्पनीले वैशाख २ गतेबाट ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्कासन गरेको हो । यो मध्ये १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् । यसमा वैशाख ६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी कियर नेपालले सीवाइसी नेपालको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कियर नेपालले २०७८ भदै ३१ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ भदौ ३० गतेसम्म बाहल रहनेछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: