×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजले गर्यो नयाँ वर्ष लक्षित अभियान घोषणा, यस्ता छन् उत्कृष्ट अफरहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दराजले गर्यो नयाँ वर्ष लक्षित अभियान घोषणा, यस्ता छन् उत्कृष्ट अफरहरु

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । दराजले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ वर्षको अवसरमा ‘नयाँ रहर, नयाँ अफर’  घोषणा गरेको छ । २७ चैतको मध्यरातदेखि सुरु भएको अभियान विगतका वर्षहरु भन्दा फरक हुने र ग्राहकलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले विश्वास गरेको छ ।

यो अभियान मार्फत ६० प्रतिशतसम्मको मेगा डिल, ५ हजार रुपैयाँसम्मको विशेष छुट भौचर, अनलाइन प्रिपेमेन्टमा बैंक कार्ड, ईसेवा र आईएमई पे वालेट १ हजार ५०० रुपैयाँसम्मको छुट, खेल १ रुपैयाँ मार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क सपिङ र बम्पर उपहारको रूपमा थ्बमभब क्–ीष्पभ स्कुटर जित्ने मौका रहेको छ । दराज नव वर्ष २०७९ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ । जसमा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा एक हजार रुपैयाँदेखि एक हजार ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । सानिमा बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक र सेन्चुरी बैंकका कार्ड बाहकहरुले डेबिट कार्ड मार्फत प्रि–पे गरे १० प्रतिशत ९अधिकतम रु। १०००० र क्रेडिट कार्ड मार्फत प्रि–पे गरे १५ प्रतिशत ९अधिकतम रु. १५००० सम्मको छुट पाउन सक्नेछन् ।

सांग्रिला बैंक, ज्योति विकास बैंक र मुक्तिनाथ बैंकका डेबिट कार्ड बाहकले प्रि–पेमेन्टमा १० प्रतिशत ९अधिकतम १ हजार रुपैयाँ० छुट पाउने छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकका कार्ड बाहकले डेबिटरक्रेडिट कार्ड प्रि–पेमेन्टमा १० प्रतिशत अधिकतम रु. १०००० छुट पाउने छन। यसबाहेक, दराजका ग्राहकहरूले ई–सेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित अवधिका लागि १० प्रतिशत अधिकतम १ हजार रुपैयाँ सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, दराज नव वर्ष २०७९ अभियानमा प्रदर्शित “खेल एक रुपैयाँ”मा भाग लिने ग्राहकहरुले सामसुङ ग्यालेक्सी ए ०३ कोर, रियलमी नार्जो ५० र वान प्लस १० प्रो ५जी जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्ने मौका पाउनेछन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड, ई–सेवा वा आफ्नो आईएमई पे खाता प्रयोग गरी १ रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ र यदि नजितिएमा सबै रकम फिर्ता हुनेछ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा विशेष छुट

नव वर्ष २०७९ अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो उत्पादनमा विशेष डिल र छुटहरू प्रदान गरिरहेका छन् । ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ६० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । अभियानका लागि डायमण्ड पार्टनरहरू भने आमायरा फेशन हाउस, कन्भर्स नेपाल, रियलमी र डब्ल्यूओडब्ल्यू रहेका छन् । प्लेटिनम पार्टनरहरूमा बियर्डो, सीजी डिजिटल, इभो स्टोर, ओलीज स्टोर, लोट्टो स्पोर्ट्स नेपाल, मसला बिड्स र फिलिप्स समावेस छन् । गोल्ड पार्टनरहरूमा एर्के, जुआस, कोन्का एन्ड फोर्स, मीमी नेपाल, क्यूएनयू फर्निचर, रोह्टो मेन्थोलाटम नेपाल, पियाजाइटालिय र मन्त्र नेपाल समावेश छन् । अभियानमा थप हाइलाइटका रुपमा एड टु कार्ट, ब्रान्ड अफ द डे, हट फिक्स, फलो एण्ड विन, दराज जेम्स, वान डे क्रेजी सेल र रिभिउ एण्ड विन रहेका छन्।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी