×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपीओमा लगानीकर्ताको आकर्षण थामी नसक्नु ! झन्डै ५१ लाखले खोले डिम्याट खाता, मेरो सेयर खोल्नेको संख्या उस्तै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइपीओमा लगानीकर्ताको आकर्षण थामी नसक्नु ! झन्डै ५१ लाखले खोले डिम्याट खाता, मेरो सेयर खोल्नेको संख्या उस्तै !

Artha Sarokar

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या दिनप्रतिदिन बढीरहेको छ । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या पनि बढेको हो । हाल डिम्याट खाताको सख्या ५० लाख ८९ हजार ५०० पुगेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

डिम्याटका साथै मेरो सेयर खोल्नेको संख्या पनि बढेको छ । मेरो सेयर खोल्नेको संख्या भने ४२ लाख २ हजार ७४१ रहेको छ । यस्तै सि-आस्वा सदस्य लिने बैंक तथा वित्तीय संस्थाको संख्या ५५ रहेको सिडिएससीले जनाएको छ ।

पछिल्लो समय सेयर बजारप्रति सर्वसाधारण लगानीकर्ताको आइपीओमा आर्कषण बढ्दो छ । इपीओमा आवेदन दिँदा डिम्याट खाता अनिवार्य भएकाले डिम्याट खाता खोल्नेको संख्या पनि बढेको हो । यस्तै आइपीओमा मात्रै नभएर हकप्रद, ऋणपत्र, सामूहिक लगानी योजनामा पनि लगानीकर्ताको आकर्षण देखिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी