×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थतन्त्रबारे टिपनटापन : ‘रामशरणलाई गाली गर्नेहरु अब ताली बजाउ…’

कोरोना महामारी सुरू हुनुअगाडि नै हाम्रो विदेशी मुद्रा सञ्चिति करिब साढे नौ अर्ब डलरमा झरिसकेको थियो । यसलाई सन्तुलित राख्न केपी ओली सरकारले खासै चासो दिएन ।

जसै लकडाउन खुकुलो भयो, रोकिएको आयात एकैपटक डबल परिमाणमा आउन थाल्यो र बिदेशी मुद्रा सोहि स्पिडमा बाहिरिन थाल्यो । त्यतिबेला पनि राष्ट्र बैंकले आयात घटाएर डलर जोगाउन चासो दिएन ।

इतिहासमै हामी अहिले बिदेशी मुद्रा संचितिको कमजोर अवस्थामा छौं ।

यो कसरी बढ्यो त ?

२०५८ सालतिर आयात हिस्सा अहिलेजस्तो धेरै थिएन । आयात र निर्यातको अनुपात २:१ जति थियो ।

त्यो बेला तीनवटा कुरा एकैचोटि भए-

१. रेमिटेन्सले विदेशी मुद्रा सञ्चिति बढ्दै गयो ।

२. माओवादी विद्रोहले वैदेशिक रोजगारी झनै फस्टायो र

३. अति राजनीतिकरणले श्रमिक आन्दोलन हुँदा उद्योगधन्दा चल्न नसक्ने भयो ।

अब उध्योगीहरु उध्योग बन्द गरेर ट्रेडिङ बिजनेसमा लागे र ठुला आयातकर्ता बने । उध्योग चलाउन नसक्नेहरु त उसै नै थिए ।

उता रेमिटेन्सका कारण गाउँगाउँमा बिदेशी सामानको माग भयो । किनकि गरिबको पनि क्रयशक्ति बढेकै थियो । किसानहरु शहरकेन्द्रीत हुँदा उब्जनी घट्यो । अब करेसामा फल्ने तरकारी नै बर्षको ३५ अर्बभन्दा बढीको आयात हुन थाल्यो।

आयातले सरकार पनि खस । किनभने आयातबाटै सरकारले कुस्त राजस्व उठाइरहेको थियो । ३ खर्बको बजेटको आकार बढेर १३ खर्ब पुगिसकेको थियो । अब आयातमा कडाइ गर्दा राजस्व लक्ष्य पूरा नहुनेहुँदा कुनैपनि अर्थमन्त्री आफ्नो असफलता नदेखियोस्  भन्दै आयात घटाएर बिदेशी मुद्राको संचिती जोगाउन लागेनन् ।

हुन त अर्थमन्त्रीहरुका के कुरा गर्नु ! पछिल्लो १५ बर्षमा अर्थमन्त्रीको कुर्सीमा बसेकाहरुको अनुहार हेरौं । डा. रामशरण महतपछी कुनचाहिँ गतिलो अर्थशास्त्री त्यो पदमा पुगे र ? केपी ओलीले दोस्रोपल्ट ल्याएका युवराज खतिवडा बिज्ञ भनिए पनि ‘टोटल फेल्ड’को ट्याग भिरेर निस्किए ।

खतिवडाबाहेक यो डेढदशकमा अर्थमन्त्री बनेका अनुहार एकपटक सम्झेर लिस्ट बनाऔं है त ?

२- सुरेन्द्र पान्डे

३- भरतमोहन अधिकारी

४- बर्षामान पुन

५- शंकर कोइराला

६- बिष्णु पौडेर्ल २ पटक

७- कृष्णबहादुर महरा

८- ज्ञानेन्द्र बहादुर कार्की

९- जनार्दन शर्मा

यी नामहरुमा तपाईं कसैबाट आर्थिक बिज्ञताको गन्ध पाउनुहुन्छ ? देशको अर्थतन्त्र हाक्ने घाघडान यिनै र यस्तै हुन त ? जिडिपीको फूलफर्म नजान्नेहरु अर्थमन्त्री बनेपछि देश उभो लाग्छ त ? तै पनि हामी यीनिहरुले समृद्धि लेराईदेला र हामी मोज गरौंला भनेर कुरिरहेछौ ।

यी लिस्ट बाहेक यसबीचमा अर्थमन्त्री बनेका बाबुराम भट्टराई, रामशरण महत र युवराज खतिवडालाई विश्लेषकहरुले असल कोटामा राखे । तर दशकभन्दा बढी समय अर्थशास्त्रको नाममा ९ कक्षामा माल्थसको सिद्धान्त घोकेकाहरुले  नै देशको अर्थतन्त्र चलाए ।

अझ वर्तमान अर्थमन्त्रीको योग्यता त गुगल गर्दा पनि थाहै नभएको भनेर देखाउछ । अहिलेको सार्क राष्ट्रहरुको अर्थमन्त्रीहरुको लिस्ट हेर्दा लाजमर्दो नै छ ।

तानाशाही भनिएको पन्चायतकालमा समेत भरौटेहरुले अर्थमन्त्री र परराष्ट्र मन्त्री बन्न पाएनन् र सकेनन् । त्यसपछि बहुदलकालमा काग्रेस होस् कि कम्युनिष्ट होस्, वा राप्रपा नै किन नहोस् ? सबैले बिज्ञ अर्थशास्त्रीलाई नै अर्थमन्त्री बनाए ।

राजा ज्ञानेन्द्रले समेत डा. प्रकाशचन्द्र लोहनी, डा. बद्रीप्रसाद श्रेष्ठ, डा. मधुकरशमशेर राणा र डा. रुप ज्योतिजस्ता चर्चित अर्थबिज्ञहरुलाई नै छानेर अर्थमन्त्री बनाएथे ।

तर गणतन्त्र ?

जनताले ल्याएको गणतन्त्रमा राम्रो होला । योग्यताको कदर होला । भारदारहरु मात्रै नभै योग्य जनताका सन्तानले जिम्मेवारी पाउलान भनेको त उल्टो पो भयो ।

जब एसएलसी नि बल्लतल्ल पास गरेको व्यक्ति केही बर्ष आन्दोलनमा सहभागी भएर नेता बनेकै भरमा बिना अध्ययन अर्थमन्त्री पदको दावी गर्न थाल्छ र बन्छ । त्यो मुलुकको गति ओरालो नलागे कस्को लाग्छ र ?

काङ्ग्रेसले त केही अगाडिसम्म आफ्नो इज्जत धानेरै राखेथ्यो । तर अहिले कांग्रेसले समेत अर्थमन्त्री बन्न अर्थशास्त्र बुझ्नुपर्दैन भन्ने गुरिल्ला सिद्धान्त अंगाल्न भ्याइसकेछ । अलिक पढेलेखेका र बुझेकाहरुको पाटी भनिने काग्रेसको यो अधोगतिले देशलाई भडखालोमा हाल्न बाहेक केही गर्दैन !

रामशरणलाई चिनेनौं

गिरिजाप्रसादले जतिसुकै आलोचना खेपेर भए पनि डाक्टर रामशरण महतलाई किन अर्थमन्त्री बनाईरहे रु भन्ने कुरा अब मान्छेहरुले बुझ्नेछन् ।

रामशरण महतलाई `चुईया, `लोभी´ र `आफ्नै सम्पत्ति दिनुपरेजस्तो गर्छ´ भन्दै गाली गर्नेहरुले भेनेजुएला र श्रीलंकाको अवस्था हेरेर अब बुझ्नेछन डा. महतको दूरदर्शिता ।

कुनैबेला म स्वयं डा महतको आलोचक नै थिए । कतिपय कुरामा अहिले पनि मेरो उनीसंग ठुलो बिमति छ । नलेजको हिसाबले फरक शैलीको राजनितिको अपेक्षा गरेका हामिहरुका लागि उनले ३ दशकसम्म अपनाएको पन्चायती शैलीकै (अर्जुननरसिंहकै कपिक्याट) राजनिती सबैभन्दा मन नपर्ने तितो र गलत थियो।

तर उनले देशलाई जरैदेखि बलियो बनाउनुपर्छ भनेर पार्टीकै नेताहरुसंग झगडा गरेर बसाएको अर्थतन्त्रको थिती अहिले विजोगअवस्थामा पु’गिसकेको छ । त्यो पनि काग्रेसकै नेतृत्वमा रहेको सरकारले त्यसलाई ध्वस्त बनाइरहेको उनी चुपचाप हेरिरहेछन ।

कम्निस्टहरु राज्यकोष ब्यक्तिलाई बाडेर पपुलर बन्दै देश टाँट पल्टाउने नीति राख्छन । तर उनीहरुकै भाषामा पूँजीबाद दलाल भनिने डा. महतहरु देशको ढुकुटी बलियो नाएर कुनैपनि संकटलाई टार्न सक्षम हुने निति बनाउछन् । वितरणमुखि अर्थतन्त्रले देश कसरी सिद्धिनछ भन्ने उदाहरण त संसारकै धनी देशमा  पर्ने भेनेजुएला ५ बर्षकै बिचमा टाँट पल्टेर भोकमरी लागेको उदाहरण देखेको हिजोमात्रै हो ।

अहिले श्रीलंका टाँट पल्टेपछी हामीकहां बहस शुरु भयो । अब पाकिस्तान टाँट पल्टिने लाइनमा हामीभन्दा अगाडी छ । यस्तै हो भने ढिलोचाडो हाम्रो पालो पनि आइहाल्छ ।

देश छुनाव गराउने, छुनाव जित्ने अनि कुर्सीमा बसेर भ्य” टावर बनाउदै जग्गा प्लटिङ कसरी गर्ने भन्नेबाहेक अरु सोच्ने नसक्नेहरुको कब्जामा छ । हामी त हेरेर रामराम भन्ने !

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: