महेन्द्रनगर । डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर , महेन्द्रनगर , कंचनपुरमा डिशहोम फाईवरनेट सोरुमको उद्धघाटन गरिएको छ । सो सोरुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्नेछ ।
सोरुम उद्घ्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राईटर लक्ष्मिदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको मौभेरा मनि ट्रान्सर्फरले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
१०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको मौभेरा मनि ट्रान्सर्फरले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने मौभेरा मनि ट्रान्सर्फरका सञ्चालक दान सिङ बिष्टले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्