काठमाडौं । नेपालकै अग्रणी रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै स्वदेशमा आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको इसेवा मनी ट्रान्सफर टेङ्गोपेबीच सम्झौता भएको हो ।
यस सम्झौता संगै, बेलायतमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिने भएको हो । रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ । टेङ्गो पेबाट पैसा पठाउँदा सुरुको ३ महिनासम्म कुनै शुल्क लाग्नेछैन ।
विदेशबाट टेङ्गोपे मार्फत अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ । त्यस्तै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त ७७ बोनस रकम समेत प्राप्त गर्न समेत सकिनेछ । रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट सिईओ, अजेस कोइराला र टेङ्गोपेको तर्फबाट नेर्देशक बसिर संगर्वालले हस्ताक्षर गरेका थिए ।
सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सिईओ कोइरालाले भने “बेलायतमा नेपालीहरुको प्रभुत्व एकदमै ठुलो मात्रामा रहेको छ, र इसेवा मनी ट्रान्सफर र टेङ्गोपेको रेमिट्यान्स भुक्तानी सम्झौताले धेरै नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउँन एक नयाँ माध्यम थपिएको छ । यसबाट सहजै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले पनि धेरै नेपालीले यस माध्यमको प्रयोग गर्ने कुरामा हामी विश्वस्त छौं” ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्