×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यू इयर इभमा इसेवा मार्फत स्क्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

न्यू इयर इभमा इसेवा मार्फत स्क्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत चैत ३० गते बुधवार न्यू इयर इभका दिनमा स्क्यान टु पे मार्फत भुक्तानी गर्दा शत प्रतिशत क्यासब्याक पाइने भएको छ । सोही दिन इसेवाको मोबाईल एप्स्मार्फत फोनपे नेटवर्कमा स्यान टु पे गर्दा सय जनाले अधिकतम रु २०७९ सम्म शतप्रतिशत क्यासब्याक पाउने छन् ।

साथै न्यू इयर इभका दिनमा विभिन्न्न मर्चेन्ट,रेष्टुरेन्ट, क्लव, रिसोर्ट लगायतका हस्पीटालिटीमा भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । छुट प्राप्त हुने मर्चेन्ट तथा हस्पीटालिटीको सुची इसेवाको ब्लगमा राखिएको छ । साथै इसेवा मार्फत भुक्तानी गर्ने व्यक्ति फोनपेको हेलिकप्टरमार्फत सगरमाथा घुम्न पाइने अफरमा समेत सहभागी हुनेछन् ।

फोनपे नेटवर्कमा न्यू इयर इभका दिनमा भुक्तानी गर्ने दश जना ग्राहक र १० वटा मर्चेन्टले हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने नाम्चे बजार नजिकै रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोला प्रथा मार्फत घोषणा गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी