×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख २१ गते हुने, ६.३१ प्रतिशत लाभांशसहित यस्ता छन् पेस गरिने एजेन्डाहरु

PRIME CA

एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख २१ गते हुने, ६.३१ प्रतिशत लाभांशसहित यस्ता छन् पेस गरिने एजेन्डाहरु

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख २१ गते हुने भएको छ । कम्पनीको सभा, अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजेबाट हुने भएको हो । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६% बोनस सेयर र कर प्रयोजनका लागि ०.३१% नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
यस्तै निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेस गरिने छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको जनाएको छ ।
साथै आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पनि सभामा पेश हुनेछ । सभाका लागि कम्पनीले वैशाख १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । वैशाख ११ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: