×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, वैशाख २१ गते हुँदैछ वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, वैशाख २१ गते हुँदैछ वार्षिक साधारणसभा

Artha Sarokar

११ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार वैशाख ११ गते अन्तिम दिन रहेको छ । कम्पनीको ६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ लाभांश हात पार्न र सभामा भाग लिनको लागि आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

कम्पनीको वार्षिक साधारणसभा वैशाख २१ गते हुने भएको छ । सभा अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजेबाट हुने भएको हो । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

यस्तै निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी