×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्जेन्जले कम्पनीको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य नेप्सेले ५४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर सोमबार कम्पनीको सेयर कारोबार खुल्ने भएको छ ।

कम्पनीको वैशाख २१ गते वार्षिक साधारणसभा हुने भएको छ । सभा प्रयोजनको लागि कम्पनीले वैशाख १२ गते सोमबार बुक क्लोज गरेको हो । सभा अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुने भएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: