×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको अर्थमन्त्री शर्माको दाबी (भिडियो रिर्पोट)

BIZBAZAR

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको दाबी गर्नु भएको छ । अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको बताउनु भएको हो । उहाँले सरकारले राष्ट्र बैंकको ऐन कानून अनुसार कारबाही गरेकाले त्यो कानून सम्मत भएको तर्क समेत गर्नु भयो । मन्त्री शर्माले गभर्नर किन निलम्बन गरियो भन्ने विषयमा छानविन समितिले छानविन रिर्पोट आएपछि थाहा हुने बताउनु भयो । उहाँले छानविन समिति बनाएकाले अहिले छानविन समितिलाई काम गर्न दिनु पर्ने बताउनु भयो । मन्त्री शर्माले राष्ट्र बैंकले लक्ष्य भन्दा बढी कर्जा प्रवाह गर्न दिएर नियन्त्रण गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल राष्ट्र बैंकको गभर्नर निलम्बनको राष्ट्र बैंकको ऐन अनुसार कारबाही गरिएको हो । यो कानुन सम्वत कुरा नै हो । किन गरियो भन्ने बारेमा गभर्नरलाई छानविन गर्न एउटा समिति बनाएका छौं । समितिले छानविन गरेर हामीलाई रिर्पोट दिने छ । त्यो रिर्पोटले यी सबै प्रश्नको जवाफ दिने छ । छानविन कमिटि गठन भएको हुनाले छानविन कमिटिलाई काम गर्न दियो भने एक महिना भित्र सबै कुराहरु तपाई सामु आउने छ । अब हाम्रो कर्जा प्रभावहको कुरा १९ प्रतिशत लक्ष्य राखिएको थियो । कर्जा प्रवाहमा ३२ प्रतिशतसम्म पुग्यो । यसलाई समयमा नै नियन्त्रण गर्नु पर्ने आवश्यकता हो कि होइन । अर्थमन्त्रालयले गदैन यो राष्ट्र बैंककै काम हो ।’

त्यस्तै अर्थमन्त्री शर्माले देश श्रीलंका बन्छ भन्नु अफवाह मात्रै भएको बताउनु भयो । उहाँले सरकारले चुनाव खर्च र वृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको प्रचार अफवाह मात्र भएको दाबी गर्नु भयो । मन्त्री शर्माले विदेशीको पानी खाएर हुर्किएका केही नागरिकले वृद्ध भत्ता पनि दिन नसक्ने भनेर जनतालाई अफवाह फैल्याएको बताउनु भयो । उहाँले सरकारले निर्वाचन तथा अन्य सबै कार्यको लागि रकम निकासा समेत गरेको स्पष्ट पार्नु भयो । अफवाहहरुलाई जोडेर देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले यस्तो अफवाह फैल्याउनु राष्ट्रघात भएको जिकिर गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ चुनावको रकम पनि दिन नसक्ने,कुनै विदेशी यसो पानी खाएर हुर्किएका केही नागरिकहरुका कुरा सुन्ने हो भने वृद्धा भत्ता पनि दिन नसक्ने भन्ने कुरा भन्न छुट छ । भन्न त पाइयो । तर चुनावको लागि हामीले तयारी गरेका छौं । सबै बजेटको व्यवस्था गरेका छौं । उहाँहरुलाई जुन दिन चाहिन्छ त्यही दिन भुक्तानी दिने प्रयत्न अगाडि बढेको छ । सबै स्रोत सुनिश्चिता भइसकेको छ । सबै पैसा निकासा भइसकेको छ । नपुगे दिने प्रतिवद्धता पनि हामीले गरि सकेका छौं । यी सबै अफवाहहरु हुन । यी अफवाहहरुलाई जोड्दै जोड्दै… लिएर कहाँ लग्न खोजिएको छ भन्दा देश श्रीलंका हुन्छ । हुन्छ हुन्छ ।भन्ने तिर लग्न खोजिदै छ । यो राष्ट्र घात हो । देशलाई रामो बनाउनु प¥यो । श्रीलंका बनाउन उहाँहरुलाई किन चासोे भइरहेको छ । मलाई अच्चम लाग्छ ।यो अफवाह हो । हामी दिन नसक्ने अवस्थामा छैनौं । अहिले पनि ट्रेजरीमा ६७ अर्ब रुपैयाँ रहेको छ ।’

अर्थमन्त्री शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भएको बताउनु भयो । उहाँले अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताउनु भयो । अर्थतन्त्रको विषयलाई लिएर राजनीतिकरण गरेर जनता र उद्योगी व्यवसायीहरुलाई हतोत्साहित गर्न खोजीएको मन्त्री शर्माको भनाई छ । उहाँले अहिले गलत प्रचारबाजी गरिएको जस्तो अर्थतन्त्र ठूलो संकटमा नरहेको दाबी गर्नू भयो । मन्त्री शर्माले अर्थतन्त्र संकटमा नरहेको भन्दै सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको बताउनु भयो । उहाँले नेपालको कूल सार्वजनिक ऋण कुल गाहस्थ उत्पादनको ४३.४ प्रतिशत अर्थात १८ खर्ब ५४ अर्ब मात्रै रहेको जानकारी दिनुुभयो । चालु आर्थिक वर्षमा नेपालले वैदेशिक ऋण ४० अर्ब ६६ करोड भुक्तानी गर्नुपर्ने रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हाम्रा अर्थतन्त्रमा कुनै ठूलो संकट आएको छैन । अहिले जसरी ठूलो संकट आयो अब देशमा केके हुन्छ भनेर प्रचार गरिएको छ । अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ । पोल्टीसाइज गर्ने कुरा हुँदैन । यसमा राजनितिकरण गरेर देशलाई फाइदा हुँदैन । व्यवसायीहरु र जनतालाई हतउत्साहित गर्ने खालको प्रचारबाजी भइरहेको छ । त्यो नगर्नको लागि हार्दिक अपिल गर्न चाहान्छु । अहिले जुन अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गरिएको छ । त्यो प्रचार उपयुक्त छैन भन्ने लाग्छ । हामी सर्तक हुनुपर्ने छ । त्यसमा हामी गम्भिर भएर लागेका छौं । आन्तरिक तथा बाह्य ऋण चालु आर्थिक वर्षमा २३९ अर्ब बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिइएकोमा चालु आर्थिक वर्षको २८ गतेसम्म १ सय ५ अर्ब बराबरको अन्तरिक ऋण परिचालन भएको छ । हालसम्म ११६ अर्ब बराबरको बाह्य ऋण तथा १३ अर्ब ८८ करोड बराबरको वैदेशिक अनुदान गरी जम्मा १२९ अर्ब ८८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास साझेदार साहयता परिचालन भएको छ । नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको छ । चैत २८ गतेसम्म आन्तरिक ८७३ अर्ब १९ करोड र बाह्य ऋण ९८० अर्ब ८० करोड गरी कुल सार्वजनिक ऋण १८ सय ५४ अर्ब रहेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनको करिव ४३.४ पतिशत हुन आउँछ । जुन दक्षिण एसियाको अन्य मुलुकको तुलनामा न्यून भएको छ । चालु आर्थिक वर्षमा ४० अर्ब ६६ करोड भुक्तानी गर्नुपर्ने छ, जुन हाल रहेको वैदेशिक विनिमय सञ्चितिको तुलनामा न्यून छ ।’

अर्थमन्त्री शर्माले अहिले बजारमा तरलता अभाव र विदेशी मुद्रा सञ्चितिमा केही कमि भए पनि पछिल्लो समय रेमिटेन्स बढ्दै गएकाले केही सुधार हुँदै जाने बताउनु भयो । सरकार मुलुकको अर्थतन्त्रमा बाह्य व्यवस्थापन कसरी सन्तुलन गर्न सकिन्छ भन्ने विषयमा गम्भिर भएर काम गरिरहेको उहाँले बताउनु भयो । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal