काठमाडौं । नेपाली नयाँ बर्ष २०७९ को अवसरमा काठमाडौंको सडकमा महोत्सव हुने भएको छ । कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्धर्न’ भन्ने मूल नाराका साथ काठमाडौंको दरबारमार्गमा नेपाली नयाँ बर्ष २०७९ को अवसरमा महोत्सव हुन लागेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा संयुक्त रुपमा बैशाख ३ गते शनिवारका दिन महोत्सवको १५ औं संस्करण आयोजना गर्न लागेको हो ।बिहिबार पत्रकार सम्मलेन गरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुती गर्नुका साथै सांगीतिक प्रस्तुति हुने पनि बताउनुभयो । यसका साथै विभिन्न नेपाली खानाको परिकारहरु र नेपाली उत्पादनको स्टल प्राथमिकता साथ राखि महोत्सवको आयोजना हुने पनि बताउनुभयो ।
महासंघका अध्यक्ष गोल्छाले महोत्सवमा करिब ६० वटा स्टल रहने र महोत्सव क्षेत्रमा वालवालिका लागि छुट्टै किडस् जोनको व्यवस्था गरिएको समेत जानकारी दिनुभयो । नेपाली नयाँ बर्षको अवसरमा हरेक बर्ष दरबारमार्ग क्षेत्रमा महोत्सव आयोजना गर्दै आइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्