काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नयाँ वर्षको अवसरमा एक अफर सार्बजनिक गरेको छ । २०७८ सालको अन्तिम दिन फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई कम्पनीले विशेष अफर सार्बजनिक गरेको हो ।
यस अफर अन्तरगत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट व्यवसायी गरि २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन् । यस अफर अन्तरगत फोनपे मार्फत कारोबार गर्नेमध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर पनि प्राप्त गर्नेछन् । फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्बजनिक गरेको जनाएको छ ।
यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोला प्रथा मार्फत घोषणा गरिने जनाइएको छ । यस्तै सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्बजनिक गरेका छन् । सोही दिन एनआइसी एशिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपे मार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
यसैगरि भोजडिल,फुडमांडु ,सेल्सबेरी, डेलि ग्रोसरि,खानपिन लगायतका ठाउँमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त सकिने कम्पनीको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्